धनगढीमा ज्योतिष परिषदको २७औं बार्षिकोत्सव सम्पन्न

धनगढी : नेपाल ज्योतोष परिषदको २७औं वार्षिकोत्सब धनगढीमा सम्पन्न भएको छ। नेपाल ज्योतिष परिषद कैलाली शाखाको आयोजनामा बुधवार सम्पन्न कार्यक्रमको उद्घाटन नेपाल ज्योतिष परिषदका केन्द्रिय उपमहासचिव ज्योतिषाचार्य खेम मिश्रले गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी मिश्रले ज्योतिषिहरुको क्षमता अभिबृद्दी हुनु पर्ने बताए।

‘ज्योतिष बिज्ञान नै आधुनिक बिज्ञानको पिता हो’ प्रमुख अतिथी मिश्रले भने ‘यो वैदिक बिज्ञानको महत्त्व हाल संसार भरी फैलिदै गएको छ त्यसैले अब ज्योतिषीहरुको पनि क्षमता बिकास हुन आवश्यक छ।’ ज्योतिष बिज्ञानको अध्ययन एवम अनुसन्धानमा ज्योतिषीहरुले जोड दिनुपर्नेमा प्रमुख अतिथी मिश्रले बताए। समय सापेक्ष ज्ञान र प्रबिधिको प्रयोग गरेर सबै ज्योतिषीहरुले आफ्नो ज्ञानको दायरा बढाउनुपर्ने उनको तर्क थियो।

Seti Hospital

मिश्रले भने ‘हाल ज्योतिष बिज्ञानको माग राष्ट्रिय, अन्तरास्ट्रिय स्तरमा बढ्दै गएको छ। त्यसैले अब आधुनिक युग सुहाउदो सेवा दिन ज्योतिषीहरुले पनि आफ्नो क्षमता वृद्धि गर्नु पर्ने हुन्छ।’ यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल ज्योतिष परिषद कैलालिका पूर्व अध्यक्ष ज्योतिषी मनिराज जोशिले ज्योतिष शास्त्रको महत्त्व बारे चर्चा गर्दै बर्तमान समयमा ज्योतिष बिधा प्रती सेवाग्राहीको आकर्षण बढ्दै गएको बताए।

‘अब ज्योतिष बिधा केही ब्यक्तिको ज्ञानमा मात्र सिमित छैन’ उनले भने ‘अब यसको दायरा फराकिलो हुँदै गएको छ, यसको महत्त्व बढ्दै गएको छ।’ नया पुस्ताले आधुनिक प्राविधिसहित ज्योतिष बिद्याको अध्यन अनुसन्धान र सेवा प्रदान गर्नुपर्ने बताए। कार्यक्रममा बोल्ने अधिकाश अतिथिहरुले ज्योतिषीहरुको क्षमता वृद्धिका लागि विशेष तालिम/सेमिनारको ब्यवस्था हुनुपर्ने बताए।

नेपाल ज्योतिष परिषद कैलालिका अध्यक्ष ज्यो. खगेन्द्र राज अवस्थिले  हरेक वडामा, हरेक बिधालयमा सस्कृत र ज्योतिषको तालिम आयोजना गर्नुपर्ने बताएका हुन। यसले धर्म, सस्कृती र प्राचीन बिज्ञानको अस्तित्व बचाउनमा टेवा पुर्याउनेमा उनको तर्क थियो।

नेपाल ज्योतिष परिषद कैलालिका अध्यक्ष ज्यो. खगेन्द्र राज अवस्थिको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्यो. टिकाराम पाठक, ज्यो. पुष्पराज सुवेदी, ज्यो. लोकराज जोशी, ज्यो. धर्मराज उपाध्याय. ज्यो. महेश्वरा भट्ट, ज्यो. तुलसीधर जोशी, ज्यो. देवीराम शर्मा लगायतले मन्त्ब्य व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन ज्यो. सिद्धराज उपाध्यायले गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार