स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सेतीमा अस्पताल १० शय्यासहितको सिकलसेल एनिमिया कक्ष सञ्चालन गर्न निर्देशन

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढी र गेटा अस्पतालमा सिकलसेल एनिमियाका बिरामीका लागि छुट्‍टै कक्ष सञ्चालन गरिने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १०र१० शय्यासहितको सिकलसेल एनिमिया कक्ष सञ्चालन गर्न निर्देशन नै दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत सरकारको सहयोगमा सिकलसेलको परीक्षण, उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने भएको छ। पश्चिम नेपालको तराईमा बसोबास गर्दै आएका थारू समुदायमा देखिने रोग निवारणका लागि यस्तो व्यवस्था गरिन लागेको हो।

Seti Hospital

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सेती अस्पतालको निरीक्षण गर्दै १० शय्याको किसलसेल कक्ष सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले भने, ‘बढीमा १० शय्याको, नभए पाँचको कक्ष सञ्चालन हुनेछ। मित्रराष्ट्र भारतको सहयोगमा निःशुल्क औषधी उपलब्ध गराउने छौ।’ कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका थारु समुदायको वंशनास हुने चिन्ता गरिएका बेला मन्त्रालयले भारत सरकारसँग सहयोग माग गरेको छ। भारत सरकारको सहयोगमा सिकलसेलको परीक्षण, उपचार तथा औषधी निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार