मन्त्री पौडेल भन्छन् गेटामा चाँडै ३ सय शैयाको अस्पताल सञ्चालन हुन्छ !

धनगढी : स्वास्थ्य तथा जनसख्यां मन्त्री प्रदीप पौडेलले गेटामा ३ सय शैयाको अस्पताल चाँडै सञ्चालनमा ल्याइने प्रतिबद्धता गरेका छन् ।

गेटामा निर्माण भएका भवन तथा सञ्चालित अस्पतालको स्थलगत निरिक्षण गर्दै मन्त्री पौडेलले छात्रबृतीका चिकित्सक पठाएर भएपनि यसै बर्ष ३ सय शैयाको अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता गरेका हुन् । उनले सुदूरपश्चिम प्रदेशका लागि मेडिकल कलेज आवश्यक रहेकोले मन्त्रालयले अतिआवश्यक पर्ने उपकरणका विषयमा गृहकार्य गरिरहेको बताए ।

SHIKHAR COOL TECH

उनले छात्रवृत्तिका १० जना चिकित्सकहरू र २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकहरूलाई गेटा पठाएर भएपनि तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने दाबी गरे । मन्त्री पौडेलले गेटाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को तयारी थालिएको बताए ।

गेटामा ३ सय शैयाको अस्पताल सञ्चचालन गर्न ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र हुने बताउँदै मन्त्री पौडेलले सो बजेट आगामी बर्ष बिनियोजन गर्ने गरी हाल नेपाल सरकारबाट छात्रवृत्तिमा अध्ययन गरेका १० जना चिकित्सक तथा २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकलाई चाँडै गेटा पठाउने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विश्व विद्यालयको प्रक्रियामा छ उनले भने “बिश्वबिद्यालयको काम रोकिदैन, गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ, एमबीबीएसको अध्यापन सुरु गरौँ, आयोगले पनि यसमा काम गरोस् ।” गेटामा आकस्मिक सेवासहिचको २४ घण्टा स्वास्थ्य उपचार सेवा दिन मन्त्री पौडेलले निर्देशन दिएका छन् ।

प्रयोगशाला उपकरण पनि आएका रहेछन उनले भने “तपाईहरू जति जना हुनुहुन्छ, राम्रो काम गर्नूहोला, निजी अस्पतालभन्दा पनि यतै बढी महत्व दिनुहोला ।” गेटामा आकस्मिकसहितको बहिरङ्ग (ओपिडी), प्रयोगशाला, एक्सरे सेवा सञ्चालनमा छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार