गेटामा अस्पताल सञ्चालनका लागि बजेट, दरबन्दी व्यवस्थापन गर्न मन्त्री पौडेल सँग माग

धनगढी : गेटा अस्पताल सञ्चालनका लागि आवश्यक बजेट र दरबन्दी व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सँग माग गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।

ज्ञापन पत्रमा हाल गेटामा सञ्चालित ५० शय्याको अस्पतालले यस क्षेत्रका जनताको भावना तथा आवश्यकता परिपूर्ति नहुने भन्दै यथाशीघ्र ३ सय शय्या हुँदै ६ सय शय्याको पूर्णकालीन अस्पताल सञ्चालनका लागि आवश्यकता बजेट तथा दरबन्दीको व्यवस्था गर्न माग गरिएको छ ।

मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाउँदै संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले यसै संघीय सांसदबाट विधेयक स्वीकृत गराइ चालु आर्थिक वर्षबाटै नै चिकित्सा शिक्षा पठन पाठन सुरु गराउनको लागि पहल गराउन माग गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार