अर्गानिक आलु उत्पादनमा जोड दिन थाले बाजुराका किसान

बाजुरा : पछिल्लो समय बाजुराका अधिकांश किसान स्थानीय जातको आलु उत्पादनमा जोड दिन थालेका छन् । उन्नत जातको आलुभन्दा यहाँको अर्गानिक स्थानीय जातको आलु निकै पौष्टिक हुने गरेको भन्दै पछिल्लो समय स्थानीय जातको आलु उत्पादनमा जोड दिएका हुन् । 

स्वास्थ्यका लागि निकै लाभदायक स्थानीय जातको आलु लगाउन  सबैले थालेको बुढीगङ्गा नगरपालिका ७ का स्थानीय मीनबहादुर बुढाले बताए। उनले भने, बजारमा आउने गरेको आलुभन्दा यहाँ उत्पादन गरेको आलु स्वास्थ्यका लागि निकै उपयोगी हुने गरेको पछिल्लो समय स्थानीय जातको आलु बढी लगाउने गरेको छु । अहिले झण्डै  चार रोपनीमा स्थानीय आलु लगाएको छु । माघ एक गते खन्ने तयारी छ ।

khadya

बाजुराको बडिमालिका ढम्कने, मना कोर्ध, ओलेना र खप्तड छेडेदह गाउँपालिकाको काँडा जयवागेश्वरीलाई आलुको पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । यहाँका स्थानीय जातको आलु राम्रो उत्पादन हुन्छ ।  यहाँका स्थानीयले प्रायः पुस्ताले लगाउँदै आएको स्थानीय जातकै आलु लगाउने गर्छन् ।

यहाँ उत्पादन गरेको आलु अहिले जिल्लासँगै जिल्लाभन्दा बाहिर बिक्रीका लागि जान्छ । यहाँका स्थानीय तहले पछिल्लो समय स्थानीय जातको आलुखेती गर्नका लागि अनुदानका कार्यक्रममा सञ्चालन गर्दै आएका छन्।  अधिकांश स्थानीय तहले यहाँको स्थानीय जातको उत्पादनलाई विद्यालयको खाजाका रुपमा अनिवार्य राखेका छन् । जसका कारण अहिले स्थानीय जातको आलु उत्पादनमा बढी जोड दिन थालेका हुन् ।

बाजुराको हिमाली, जगनाथ स्वामिकार्तिक बुढीनन्दा बडिमालिका गौमुल बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदहमा आलुको उत्पादन राम्रो छ । पहिले यहाँ आलु राम्रो उत्पादन हुने गरेको भए पनि त्यो आलुले कतै बजार नपाउने गरेकोले यहाँका स्थानीयले विस्तारै आलु लगाउन छोडका थिए ।

अहिले गाउँ बस्ती सडक सञ्जालको पहुँचमा भएसँगै तथा स्थानीय तहले पनि स्थानीय जातको आलु उत्पादनमा बढी जोड दिन थालेपछि अहिले आलु उत्पादनमा जोड दिन थालेका हुन् । बाजुराको एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार