सुदूरपश्चिमा होटल तथा रेस्टुरेन्टको संख्या बढेपछि…

धनगढी : सुदूरपश्चिम प्रदेशभित्र होटल तथा रेष्टुरेन्टको संख्या बढ्न थालेको छ। सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा होटल तथा रेष्टुरेन्टको संख्या बढेको छ।

हाल सुदूरपश्चिम प्रदेशभित्र सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको संख्या ८ हजार २२८ देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० को प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको संख्या ८ हजार २२८ छ।

SHIKHAR COOL TECH

सुदूरपश्चिममा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब ११ अर्ब लगानी भएको अनुमान गरिएको छ। सुदूरपश्चिमसहित ७ वटै प्रदेशभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

ती आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा दुई खर्व १६ अर्ब ७३ करोड ८३ लाख बराबर लागत रहेको र करिब तीन खर्ब २६ अर्ब एक करोड चार लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ। यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब एक खर्ब ९ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ।

अध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ। यस्ता प्रतिष्ठानमध्ये करिब २८ दशमलव चार प्रतिशतले वित्तिय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१ दशमलव ६ प्रतिशत प्रतिष्ठानको ऋण नलिएको देखिएको छ। होटलमा रहेको कोठाको संख्या एक लाख १६ हजार एक सय रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार