कैलालीको मालाखेतीमा एक महिला जबरजस्ती करणीको सिकार

भक्तराज जोशी

धनगढी : कैलालीको मालाखेतीमा एक महिला जबरजस्ती करणीको सिकार बन्न पुगिन। त्यसपछि जबरजस्ती करणीमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लियो।

ती अभियुक्त विरुद्ध पीडितले २०८१ मंसिर ४ गते जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरिन्। जबरजस्ती करणी उद्योगमा गणेशबहादुर बोहरालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। प्रतिवादी बोहरा विरुद्धको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ।

Galaxy

यस्तै जबरजस्ती करणीमै बुद्धीराम थापामगर, तुलबहादुर घर्तीमगर र नरबहादुर घर्तीमगर विरुद्ध पनि मुद्दा परेको छ। जिल्ला अदालत कैलालीले आज (शुक्रबार) का लागि पेसी तोकेको छ। जिल्ला अदालत कैलालीका न्यायधीस प्रदिपकुमार उपाध्यायले हेर्ने गरी इजलास नम्बर २ मा पेसी तोकिएको छ।

जिल्ला अदालत कैलालीले शुक्रबारका लागि कुल २१ वटा पेसी तोकेको छ। अभद्र व्यवहार अन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको जाहेरीले नेपाल सरकारको तर्फबाट दशरथ चन्दलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। यसको पेसी आजका लागि तोकिएको छ। यस्तै अदालती शुल्कको सुविधा पाउँ भन्दै सरस्वती जोशी विष्टले कपिल विष्ट विरुद्ध दायर गरिएको मुद्दाको पनि पेसी तोकिएको छ।

यस्तै कैद गराई पाउँ भन्दै दुगड ब्रदर्स एण्ड सन्स प्रालिले बि एण्ड बि प्रतिक कन्स्ट्रक्सन प्रालिसहित २ जना विरुद्ध दायर गरिएको मुद्दाको पेसी शुक्रबारकै लागि तोकिएको छ। यसैगरी विगोवाफत कैद गराई पाउँ भन्दै विवेक सिकरियाले दलबहादुर रावल विरुद्ध दायर गरिएको मुद्दाको पेसी पनि शुक्रबारका लागि तोकिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार