कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकाशाल र भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १५ हजार ५३५ बराबरको सामान बरामद गरिएको हो।

उक्त स्थानबाट चिनि, मिश्री, गुड, खाने तेल, मटर, सुर्ती, चप्पल, टाउजर, नल्का, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार