धनगढी : कैलालीमा घरको बरन्डामा सुतेका सोमन चौधरी मृत भेटिएका छन् । जिल्लाको घोडघोडी नगरपालिका–७ परैचा बस्ने ४८ वर्षीय सोमन बिहीबार बिहान मृत फेला परेका हुन ।
परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरन्डामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्