रसुवाको बाढीमा कैलालीका केही व्यक्ति सम्पर्कविहीन

धनगढी : रसुवामा आएको बाढीमा परेर कैलालीका केही व्यक्ति सम्पर्कविहीन भएका छन् । उनीहरु रोजगारीका क्रममा त्यहाँ रहेका थिए । रसुवास्थित धुन्चे हाईड्रो पावरमा कार्यरत टीकापुर नगरपालिका-१ समितिपुरका मात्रै ८-१० जना सम्पर्कविहीन छन् । उनीहरुसंग सम्पर्क हुन नसकेको आफन्तले बताएका छन् । 

सो हाईड्रो पावरमा कार्यरत मानबहादुर चौधरीका भाई अखिल चौधरीले दाईसँग सम्पर्क हुन नसकेको बताए । ‘सबैजनाको मोबाइल अफ छ,’ उनले भने, ‘कसैसँग पनि सम्पर्क हुन सकेको छैन ।’ 

सम्पर्कविहीन चौधरी असार ३० गते रोजगारीका लागि त्यहाँ गएको बताइएको छ । टीकापुर नगरपालिकाका अन्य ठाउँबाट समेत धेरै व्यक्तिहरु रसुवाका विभिन्न हाईड्रो पावर लगायतमा कार्यरत रहेको बुझिएको छ । तीमध्ये केही व्यक्तिहरु भने सम्पर्कमा आएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार