मार्मा जाने बाटोको दयनीय अवस्था: पानी बग्दा स्थानीय नागरिक सास्तीमा

दार्चुला : मार्मा गाउँपालिका वडा नं. ३, तल्लो बजारबाट मार्मातर्फ जाने मुख्य बाटोको अवस्था अति नै दयनीय बनेको छ। बाटोमा ढल निकासको उचित व्यवस्था नहुँदा निरन्तर पानी बगिरहेको छ, जसका कारण सो बाटो भएर आवतजावत गर्ने स्थानीय नागरिकहरूले भारी सास्ती भोगिरहनुपरेको छ।

बाटोमा जताततै पानी बग्नुका साथै हिलो र ढुंगाहरू जम्मा हुँदा बटुवाहरूलाई हिँडडुल गर्न निकै जोखिमपूर्ण बनेको छ। स्थानीय बासिन्दाहरू पानीमा रुझ्दै र जोखिम मोलेरै पैदल यात्रा गर्न बाध्य छन्।

यस गम्भीर समस्याप्रति स्थानीयवासी बिवेक बिष्टले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। उहाँले बाटोमा बगिरहेको पानीको उचित निकासका लागि तत्काल ढल निर्माण गर्न र बिग्रिएको सडकको स्तरोन्नति गर्न मार्मा गाउँपालिकासँग जोडदार माग गर्नुभएको छ।

आम नागरिकको दैनिक आवतजावतलाई सहज र सुरक्षित बनाउन सम्बन्धित निकायले यथाशीघ्र यस तर्फ ध्यान पुर्याएर बाटो मर्मतको कार्य अगाडि बढाउनुपर्ने स्थानीयको प्रमुख माग रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार