मन्त्री माग्न काठमाडौं पुग्न थाले सांसदहरु !

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला नेकपाका नेताहरूबीच भेटघाट तीव्र भएको छ। सुदूरपश्चिम प्रदेश सभाका माननीय सदस्य तथा पूर्वमन्त्री  रमेश धामी र सांसद मानबहादुर धामीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा हाल नेकपा नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ। यसैबीच, प्रदेश सरकारमा नेकपाबाट थप एकजना मन्त्रीलाई सरकारमा सामेल गर्ने तयारी भइरहेको बुझिएको छ। सम्भवतः आगामी एक-दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने भएपछि मन्त्री बन्नका लागि पार्टीभित्रका केही सांसदहरूले दौडधुप तीव्र बनाएका छन्।

यसै राजनीतिक चलखेल र मन्त्रिपरिषद् विस्तारको सम्भावित कसरतका बीच नेताद्वय धामीले संयोजक प्रचण्डसँग गरेको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ र उनीहरूको भेटघाटको तस्बिर समेत सार्वजनिक भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार