पीडित नागरिकलाई धर्नामा सहभागी हुन दुर्गा प्रसाईंको अपिल


राजनीति

पीडित नागरिकलाई धर्नामा सहभागी हुन दुर्गा प्रसाईंको अपिल

64x64

नेपाल लाइभबुधबार, भदौ ३, २०८३  १२:३०

7Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

1140x725

काठमाडौं – बैंक, सहकारी, लघुवित्त, मिटरब्याज तथा कालोसूचीका कारण पीडित व्यापारी–व्यवसायी र भूमिहीन अव्यवस्थित सुकुम्बासी नागरिकलाई दुर्गा प्रसाईंले राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना हुने धर्नामा सहभागी हुन अपिल गरेका छन्।

प्रसाईंले आफूले पीडित नागरिकको न्यायका लागि विगत पाँच वर्षदेखि निरन्तर संघर्ष गर्दै आएको दाबी गरेका छन्। 

संघर्षका क्रममा आफू दर्जनौँ पटक हिरासतमा परेको, जेल जीवन भोगेको तथा दुई दर्जनभन्दा बढी मुद्दा खेपिरहेको उनको भनाइ छ।

उनले यो लडाइँ आफ्नो नभई पीडित नागरिकहरूको भएको बताएका छन्। “न्याय मागेर होइन, लडेर खोसेर लिन सक्नुपर्छ” भन्दै प्रसाईंले आफ्ना जायज माग पूरा गराउन देशभरबाट पीडित नागरिकलाई काठमाडौंको हरिहर भवन, पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगमा आयोजित धर्नामा सहभागी हुन आग्रह गरेका हुन्।

प्रसाईंले बैंक, सहकारी, लघुवित्त, मिटरब्याज तथा कालोसूचीबाट पीडित सबै नागरिकलाई एकजुट भएर न्यायको आन्दोलनमा सहभागी हुन समेत आह्वान गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार