सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार मुख्यमन्त्री निवासमा भएको सत्ता साझेदार दलका नेताहरूबीचको छलफलपछि विश्वासको मत लिने निर्णय गरिएको हो।

यस विषयमा थप निर्णय गर्न नेकपा संसदीय दलको बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएको छ। बैठकले विश्वासको मत लिने प्रक्रिया तथा त्यसका लागि आवश्यक रणनीतिबारे निर्णय गर्ने बताइएको छ।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएपछि प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। हाल सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन्।

सरकार विस्तारका क्रममा नेकपाबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ। विश्वासको मत प्राप्त भएपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँटसँगै बाँकी मन्त्री तथा राज्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइने बताइएको छ।

मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच विश्वासको मत तथा सरकार विस्तारका विषयमा छलफल भएको थियो। यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि यसै विषयमा छलफल भएको थियो।

सुदूरपश्चिम प्रदेश करिब एक महिनादेखि आंशिक बजेट शून्यताको अवस्थामा रहेकाले सरकार विस्तारपछि बजेट ल्याउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। सरकार गठन र बजेटसम्बन्धी कामलाई तीव्रता दिन मुख्यमन्त्री भट्टले विश्वासको मतलाई प्राथमिकतामा राखेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार