सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने, त्यसपछि सरकार विस्तार

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिने तयारी गरेका छन्। हिजो मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो।

विश्वासको मत लिने विषयमा छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ। मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार आज संसदीय दलको बैठक बसेर भोलि विश्वासको मत लिने तयारी भएको हो।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाको तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।

यस विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीले संयुक्त छलफल गरेका थिए। त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच विश्वासको मतबारे छलफल भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार