ललिता निवासको जग्गा प्रकरणमा सर्वोच्चले माग्यो पूर्वप्रधानमन्त्री भट्टराई र नेपालसँग लिखित जबाफ

सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग गरिएको रिटमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लिखित जबाफ माग गरेको छ।

बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले लिखित जबाफ माग गर्ने आदेश गरेको हो। 

विपक्षीहरूलाई सूचना म्याद पाएको मितिले १५ दिनभित्र जबाफ पेस गर्न आदेश भएको छ। 

‘… प्रत्यर्थीहरू मध्येका माधवकुमार नेपाल र बाबुराम भट्टराईको हकमा आफै वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्नुहोला भनी प्रस्तुत आदेश रिट निवेदनको एक-एक प्रति नक्कल समेत साथै राखी प्रत्यार्थीहरूका नाममा सूचना म्याद जारी गर्नू,’ आदेशमा भनिएको छ। 

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुई पूर्वप्रधानमन्त्रीहरू भट्टराई र नेपालमाथि पनि मुद्दा चलाउन माग गर्दै २०८१ फागुन ८ गते रिट दायर गरेका थिए।

उनले दुवै पूर्वप्रधानमन्त्री, काठमाडौं जिल्ला अदालत, सरकारी वकिलको कार्यालय काठमाडौं, पूर्वमुख्य सचिव लिलामणि पौडेल, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ता कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई विपक्ष बनाएका थिए।

उक्त रिटमा सुनुवाइका लागि साउन २१ गते पेसी तोकिएको थियो।

त्यतिबेलै हेर्दाहेर्दैमा राखिएको मुद्दालाई बिहीबारको इजलासले आदेश गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार