धनगढी विमानस्थल स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग आग्रह

धनगढीः धनगढी विमानस्थललाई आधुनिक र सुरक्षित बनाउँदै सुदूरपश्चिमको हवाई कनेक्टिभिटी विस्तार गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिमको आयोजनामा काठमाडौंको सिंहदरबारमा भएको छलफलमा विमानस्थलको दीर्घकालीन स्तरोन्नतिका लागि स्पष्ट योजना, पर्याप्त बजेट र समयबद्ध कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइएको हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, सुदूरपश्चिमका सांसद तथा पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहका अनुसार धनगढी विमानस्थलको क्षमता विस्तार हुन नसक्दा प्रदेशको पर्यटन, व्यापार, लगानी र आर्थिक गतिविधिमा अपेक्षित वृद्धि हुन सकेको छैन।

सुदूरपश्चिमका खप्तड, शुक्लाफाँटा, अपी–नाम्पा, रामारोशन, बडीमालिका र घोडाघोडीलगायत पर्यटकीय गन्तव्यलाई सहज हवाई पहुँचसँग जोड्नुपर्ने सहभागीको भनाइ थियो। साथै, भारतसँगको सीमा व्यापार र पश्चिमी नाकाको सम्भावनालाई समेत धनगढी विमानस्थलसँग जोडेर अघि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

सरोकारवालाले धनगढी विमानस्थललाई प्रदेशको पर्यटन, व्यापार, लगानी, रोजगारी र आर्थिक समृद्धिको प्रमुख प्रवेशद्वारका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

जवाफमा मन्त्री पौडेलले सुदूरपश्चिमको पर्यटन विकासलाई प्राथमिकतामा राख्दै धनगढी विमानस्थल स्तरोन्नतिका लागि आवश्यक योजना र बजेटबारे थप छलफल गरी निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार