‘कमन जेनजी नेपाल’ले बालेन सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारलाई चेतावनी दिँदै पुनः सडक आन्दोलन गर्ने जनाएको छ।

संगठनका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारको आलोचना गर्दै भदौ २३ गते ‘फेक शासनविरुद्ध असल शासन’ नारासहित देशव्यापी प्रदर्शन गर्ने उल्लेख छ ।

जेनजी आन्दोलनको मुख्य उद्देश्य ‘सरकार फेर्ने’ मात्र नभई ‘समग्र सिस्टममा आमूल परिवर्तन’ गर्नु थियो। तर केही ‘छद्मभेषी र स्वार्थी समूह’ले आन्दोलनलाई हाइज्याक गरेर ‘केही पात्र र सरकार फेर्ने खेल’मा मात्र सीमित पारेको गम्भीर आरोप अध्यक्ष साहले लगाएका छन्।

‘आन्दोलनमा रगत बगाउने सहिद र घाइतेहरू सहाराविहीन बनेका छन्। बदलाव चाहने नेपाली जनता निराश भएका छन्,’ कमन जेनजी नेपालका अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कमन जेनजीले वर्तमान बालेन सरकारको चरित्र नै दमनकारी रहेको आरोप लगाएको छ। सुकुम्बासीको उठिबास, निर्दोष युवामाथि गोली, संसद् र संवैधानिक संस्थाको मानमर्दन, नागरिकका संवैधानिक अधिकार खोस्ने काममा सरकार लिप्त रहेको आरोप लगाइएको छ।

यस्तै, चार महिना बित्दा पनि किसानलाई मल अभाव, मूल्यवृद्धि, कर आतङ्क र ग्यासको लाइन समाधान नगरेको तथा जनताको समस्या छाडेर ‘काण्डै काण्डको शृङ्खला’ रचना गर्नमा सरकार लागेको उनले जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार