टेस्ट ड्राइभको नाटक गरेर अत्तरियाबाट भगाइएको मोटरसाइकल महेन्द्रनगरमा बरामद, चोरले ग्यारेजबाट मोबाइल पनि कुम्ल्याए!

धनगढी -कैलालीको अत्तरियाबाट ‘टेस्ट ड्राइभ’ गर्ने बहानामा ठगी गरी लगिएको मोटरसाइकल अन्ततः कञ्चनपुरको महेन्द्रनगरमा फेला परेको छ। तर, यो घटनामा चोरको शैली र चलाखी यति अचम्मको छ कि मोटरसाइकल भेटिए पनि चोरले अर्को ठाउँमा पुगेर नयाँ काण्ड मच्चाएको खुलेको छ।

अत्तरियास्थित बाबु अटो सेल्सको शोरूमबाट गत साउन २३ गते ‘सुप‍प्र ०१–०१२ प ७६७२’ नम्बरको मोटरसाइकल किन्ने भन्दै टेस्ट ड्राइभका लागि मागेर ती युवक फरार भएका थिए। प्रहरीको खोजी तथा अनुसन्धानका क्रममा सोही मोटरसाइकल महेन्द्रनगरको एक ग्यारेजमा फेला परेको हो।

ग्यारेजमा मोटरसाइकल छाडे, मालिकको मोबाइल खोसेर भागे !

प्रहरीका अनुसार अत्तरियाबाट मोटरसाइकल कुदाउँदै महेन्द्रनगर पुगेका ती व्यक्ति भीमदत्त नगरपालिकाको त्रिवेणी चोकस्थित ‘अवय अटो सप’ मा पुगेका थिए। त्यहाँ पुगेर उनले उक्त मोटरसाइकल सर्भिसिङ गर्नुपर्ने नाटक गर्दै ग्यारेजमा छाडेका थिए।

तर उनको कहानी त्यतिमै सकिएन। ग्यारेजमा केहीबेर बिताएपछि उनले सञ्चालकसँग “एकछिन अत्यावश्यक फोन गर्नुछ” भन्दै मोबाइल मागे। सञ्चालकले सोझाे विश्वास गरेर मोबाइल हातमा थमाइदिए, तर मौका छोपेर उनी मोटरसाइकल त त्यहीँ छाडे तर सञ्चालकको मोबाइल लिएर फरार भए

मोटरसाइकल मिल्यो, मोबाइल चोर्ने चोर अझै फरार

अटो सप सञ्चालकले आफ्नो मोबाइल चोरी भएको निवेदन प्रहरीमा दिएपछि जब यसको रहस्य खुल्दै गयो, तब त्यो ग्यारेजमा थन्किएको मोटरसाइकल अत्तरियाको शोरूमबाट टेस्ट ड्राइभको नाममा लुटिएको ठ्याक्कै त्यही गाडी रहेको पत्ता लाग्यो।

टेस्ट ड्राइभको बहानामा सुरु भएको यो फिल्मी शैलीको ठगी काण्डमा अटो सेल्सको मोटरसाइकल त सकुशल बरामद भएको छ, तर मोबाइल चोरेर गायब भएका ती चतुर व्यक्तिको खोजी प्रहरीले अहिले तीव्र रूपमा गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार