दार्चुलामा मदिरा सेवन गरी वडा कार्यालयमा अङ्ग प्रदर्शन गर्ने रोसम ठगुन्ना पक्राउ

दार्चुला- दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ स्थित वडा कार्यालयमा मदिरा सेवन गरी प्रवेश गरेर अभद्र व्यवहार तथा अङ्ग प्रदर्शन गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नौगाड गाउँपालिका-१ का ३५ वर्षीय रोसम ठगुन्ना रहेका छन्।नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामीका अनुसार ठगुन्नाले मदिराको नशामा वडा कार्यालय परिसरमा पुगी महिला कर्मचारीहरूसामु अङ्ग प्रदर्शन गर्नुका साथै अभद्र व्यवहार गरेका थिए।
घटनाबारे जानकारी दिँदै अध्यक्ष धामीले भने, “निज व्यक्तिले मदिरा सेवन गरी बिहान आफ्ना बच्चालाई कुटपिट गरिरहेको देखेपछि वडा कार्यालयकी एक महिला कर्मचारीले सम्झाउँदै नकुट्न आग्रह गरेकी थिइन्। सोही विषयलाई लिएर रिसको झोंकमा ठगुन्ना वडा कार्यालयमै पुगेर अभद्र व्यवहार र अङ्ग प्रदर्शनमा उत्रिएका हुन्।”
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारीका अनुसार अभियुक्त ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनास्थलबाट नियन्त्रणमा लिइएका ठगुन्नालाई प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको र थप कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार