साढे आठ वर्षपछि सेती प्रादेशिक अस्पतालको भवन सम्पन्न

धनगढी: करिब साढे आठ वर्षअघि सुरु गरिएको सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण कार्य अन्ततः सम्पन्न भएको छ। बिहीबार आयोजित कार्यक्रममा भवन औपचारिक रूपमा अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीका प्रमुख तुलसीराम खर्बुजाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बलराम जैशी भट्टलाई भवन हस्तान्तरण गरेका छन्।

सेती प्रादेशिक अस्पतालको भवन एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो। यसका लागि शहरी विकास तथा भवन निर्माण विभागमार्फत बोलपत्र आह्वान गरिएको थियो। बोलपत्र प्रक्रियाबाट छनोट भएको रविना/थेगिम जेभी, धनगढीसँग २०७४ कात्तिक २८ गते निर्माण सम्झौता भएको थियो।

निर्माण कार्य २०८३ असार २५ गते सारभूत रूपमा सम्पन्न भएको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ। भवन निर्माणमा मूल्य समायोजन, आकस्मिक खर्च तथा मूल्य अभिवृद्धि कर (भ्याट) सहित कुल २३ करोड ७९ लाख ३४ हजार ४८४ रुपैयाँ ८४ पैसा खर्च भएको छ।

दुईतले भवनको भुईँतलाको क्षेत्रफल २ हजार ८३२ दशमलव ०२ वर्गमिटर र पहिलो तलाको क्षेत्रफल २ हजार ७२९ दशमलव ३८ वर्गमिटर रहेको छ। भवनसँगै आवश्यक सहायक संरचना तथा सम्झौताअनुसारका अन्य निर्माण कार्यसमेत पूरा भएको कार्यालयले जनाएको छ।

लामो समयको प्रतीक्षापछि भवन सञ्चालनमा आउन लागेकाले अस्पतालको सेवा क्षमता विस्तार हुने अपेक्षा गरिएको छ। नयाँ भवनले बिरामीलाई थप सहज, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास अस्पताल व्यवस्थापनले व्यक्त गरेको छ। साथै, यसले अस्पतालको भौतिक पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षासमेत गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार