काठमाडौं । Sudhan Gurung को चेतावनीपछि जेनजी अगुवा Miraj Dhungana ले कडा प्रतिक्रिया दिएका छन्।
बबरमहलमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको आवरणमा राजनीति नगर्न चेतावनी दिएका थिए। त्यसको जवाफमा ढुंगानाले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै चुनौतीपूर्ण अभिव्यक्ति दिएका हुन्।
उनले चेतावनी दिँदै लेखेका छन् “कानुनी राज्यमा सरकारको लथालिङ्ग अवस्थालाई सुधार गर भन्दै सुझाव दिँदा चेतावनी दिनेलाई म के चेतावनी दिन चाहन्छु भने- छोएर देखाए मानौँला।”
उनले “आन्दोलन विचारले हुने हो, पानी बाँडेर होइन” भन्दै गृहमन्त्रीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।




प्रतिक्रिया दिनुहोस्