बैतडी । सुर्नया गाउँपालिका–४ नोडालेक निवासी दृष्टिविहीन जग्गीसिंह महरा जीर्ण र जोखिमयुक्त घरमा बस्दै आएका कारण उहाँको परिवारका लागि सुरक्षित आवास निर्माण गर्न सुर्नया युनाइटेड क्लबले सहयोग अभियान सुरु गरेको छ।
आर्थिक अभावका कारण सुरक्षित घर बनाउन नसकेको महरा परिवारलाई सहयोग पुर्याउने उद्देश्यले क्लबले आर्थिक, भौतिक तथा नैतिक सहयोग संकलन अभियान सञ्चालन गरेको जनाएको छ। अभियानमा सहयोग गर्न क्लबले व्यक्ति, संघसंस्था, समाजसेवी, दातृ निकाय तथा शुभेच्छुक सबैलाई आह्वान गरेको छ।
क्लबका अध्यक्ष प्रकाश साउँद ले मानवीय सेवामा आधारित यस अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए। उनका अनुसार संकलन हुने रकम र अन्य सहयोग महरा परिवारका लागि सुरक्षित घर निर्माणमा खर्च गरिनेछ।
क्लबले सानो सहयोगले पनि विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि सबैमा आग्रह गरेको छ।





प्रतिक्रिया दिनुहोस्