कर्मचारीको नयाँ तलबमान स्वीकृत, कसको कति?

काठमाडौं । सरकारले सरकारी कर्मचारीको नयाँ तलबमान, ग्रेड र सेवा–सुविधा स्वीकृत गर्दै साउन १ गतेदेखि लागू गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले साउन २० गते जारी गरेको परिपत्रमार्फत मन्त्रिपरिषद्को निर्णयअनुसार संशोधित तलबमान कार्यान्वयनमा आएको जानकारी दिएको हो।

साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीका लागि नयाँ तलब संरचना स्वीकृत गरेको थियो।

नयाँ व्यवस्थाअनुसार मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी सचिव, रथी, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) तथा सशस्त्र प्रहरीका महानिरीक्षकको मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ तोकिएको छ।

तल्लो तहका कर्मचारीमध्ये कार्यालय सहयोगी प्रथम स्तरको मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ निर्धारण गरिएको छ।

सरकारले कर्मचारीलाई एक दिनको तलब बराबरको ग्रेड रकम उपलब्ध गराउने व्यवस्था पनि कायम राखेको छ। साथै, तलब वृद्धि भएपछि कायम हुने आधारभूत तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने निर्णय गरिएको छ। यो सुविधा निजामती, सुरक्षा निकाय, स्वास्थ्य सेवा, शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीले पाउनेछन्।

यस्तै, निवृत्तभरण (पेन्सन) प्राप्त गरिरहेका पूर्वकर्मचारीको पेन्सनमा पनि १० प्रतिशत वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले विभिन्न सेवा समूहका कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा अन्तिम तलबसम्बन्धी विस्तृत विवरण अनुसूचीमार्फत सार्वजनिक गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार