राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ ले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यक्रम रहेको छ। त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी ले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन्।

यसैबीच, राष्ट्रियसभा सदस्य कमला पन्त ले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारले गरेको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव पेश गर्नेछिन्।

बैठकको अर्को महत्वपूर्ण एजेन्डाअन्तर्गत कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार