धनगढी– नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री एवं वन तथा वातावरण मन्त्री गिता चौधरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १, एलएन चोकस्थित पशु स्वास्थ्य तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको अनुगमन तथा निरीक्षण गरेकी छिन् ।
निरीक्षणका क्रममा मन्त्री चौधरीले प्रयोगशालाबाट प्रदान भइरहेको सेवा, प्रयोगशालाको हालको भौतिक अवस्था, प्राविधिक जनशक्ति र पशुपन्छी रोग परीक्षणको तथ्यांकबारे जानकारी लिनुभएको थियो। उहाँले यस क्षेत्रमा देखिएका पशुपन्छीसम्बन्धी रोगहरूको समयमै निदान र रोकथामका लागि प्रयोगशालाले खेल्दै आएको भूमिको प्रशंसा गरेकी हुन््।
साथै, किसानहरूको हितलाई ध्यानमा राख्दै प्रयोगशालाको सेवालाई अझ बढी प्रभावकारी, वैज्ञानिक र सहज बनाउन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता मन्त्री चौधरीले व्यक्त गरेकी छन्। अनुगमनका अवसरमा स्थानीय कार्यालयका प्रमुख तथा प्राविधिक कर्मचारीहरूले प्रयोगशालाका चुनौती र आगामी आवश्यकताहरूबारे मन्त्री चौधरीलाई अवगत गराएका थिए।




प्रतिक्रिया दिनुहोस्