सुदूरपश्चिममा साउनको १७ दिनमै ४५ जनालाई सर्पदंश, दुईको मृत्यु

धनगढी: वर्षायाम सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा सर्पदंशका घटना बढ्न थालेका छन्। साउन महिनाको पहिलो १७ दिनमै ४५ जना सर्पदंशबाट प्रभावित भएका छन् भने दुई जनाले ज्यान गुमाएका छन्।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार साउन १ देखि १७ गतेसम्म सर्पदंशका कारण एक पुरुष र एक महिलाको मृत्यु भएको हो। प्रभावितमध्ये २० पुरुष, २४ महिला र एक जनाको लिङ्ग खुलाइएको छैन।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी सर्पदंशका घटना कैलाली र कञ्चनपुरमा दर्ता भएका छन्। वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले तराईसँगै पहाडी जिल्लामा पनि जोखिम बढेको मन्त्रालयले जनाएको छ।

सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा समय खेर नफाल्न मन्त्रालयले आग्रह गरेको छ। सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा सकेसम्म छिटो पुग्न र उपचार सेवा उपलब्ध हुने नजिकको अस्पतालबारे पहिले नै जानकारी राख्न पनि मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार वर्षायाममा सर्पदंशको जोखिम उच्च हुने भएकाले घर तथा वरपरको वातावरण सफा राख्नुका साथै सचेतना अभिवृद्धि गर्न आवश्यक छ। उनले समयमै एन्टि–भेनमसहितको उपचार पाएमा अधिकांश बिरामीको ज्यान बचाउन सकिने बताए।

मन्त्रालयले सर्पदंशलाई जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै उपचार केन्द्रको पहुँच विस्तार, आवश्यक स्वास्थ्य जनशक्तिको व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय तहलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार