मर्मतपछि टीकापुर–राजापुर जोड्ने झुलुङ्गे पुल पुनः सञ्चालनमा

टीकापुर: टीकापुर–दौलतपुर हुँदै बर्दियाको राजापुर जोड्ने झुलुङ्गे पुल आवश्यक मर्मत कार्य सम्पन्न भएपछि पुनः सञ्चालनमा आएको छ। पिल्लरमा चिरा देखिएपछि सुरक्षाको दृष्टिले एक साताअघि बन्द गरिएको पुल सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।

पुल निर्माण गरेको थानी निर्माण सेवाका अनुसार अत्यधिक भीडभाड र पिल्लरको आधार क्षेत्रमा रहेको माटोको अवस्थाका कारण समस्या देखिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ। प्रभावित संरचनाको मर्मत सम्पन्न भइसकेको र हाल पुल सुरक्षित रूपमा सञ्चालन गर्न मिल्ने अवस्थामा रहेको कम्पनीले जनाएको छ।

कम्पनीले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन प्राविधिक टोलीमार्फत थप अध्ययन गरी दीर्घकालीन समाधान अपनाइने जानकारी दिएको छ। साथै, पुलमा अनावश्यक भीड नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

पछिल्लो समय उक्त झुलुङ्गे पुल आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। दैनिक ठूलो संख्यामा घुम्न आउने आगन्तुकको चाप बढ्दै जाँदा पुलमा भीड व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार