सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना

कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा हाल मनसुनी वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार बिहीबारसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमदेखि वर्षा हुने सम्भावना रहेको छ । 

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आगामी बिहीबारसम्म सामान्यतया मौसम बदली रही तराई तथा पहाडी क्षेत्रमा मध्यम र हिमाली क्षेत्रमा हल्का वर्षा हुने पूर्वानुमान रहेको बताए ।

‘लगातारभन्दा पनि बिहीबारसम्म छिनछिनमा पानी पर्ने र घाम लाग्ने हुनसक्छ । यस अवधिमा प्रदेशका सबै तराई, पहाड र हिमाली क्षेत्रमा मौसम बदली भइरहने अनुमान छ, तर भारी वर्षाको सम्भावना कमै छ,’ उनले भने, ‘तपापि नदी तटीय क्षेत्र, डुबान हुने होचा स्थानमा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ ।’

उहाँका अनुसार आज दिउँसो प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली हुने र केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

हिमाली क्षेत्रमा आज राति साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने र पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम  र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागद्वारा जारी उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार