धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले वर्तमान सरकार र मुख्यमन्त्रीविरुद्ध कडा आलोचना गर्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। Call24 News सँगको विशेष कुराकानीका क्रममा उनले अल्पमतमा परिसकेको सरकारले नैतिकताको आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।
पूर्वमुख्यमन्त्री भट्टले राजनीतिक समीकरण फेरबदल भइसकेको अवस्थामा सरकार नबन्दै छोडेर मार्ग प्रशस्त गरी बजेट शून्यताबारेको अवस्थाको अन्त्य गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए। उनले भने, “सरकार छोड्नुपर्ने हो मुख्यमन्त्रीले, अहिलेसम्म उहाँले छोड्नुभएको छैन। अल्पमतमा परिसक्नुभयो, अर्को गठबन्धन भइसक्यो।”
अहिले बन्ने नयाँ सरकार विगतका जस्तो अस्थिर र निष्प्रभावी हुन नहुनेमा जोड दिँदै उनले सुदूरपश्चिममा कानुन निर्माण, सुशासन, बजेट निर्माण तथा विकास निर्माणका कामहरूमा अहिलेसम्म देखिएको भद्रगोल अवस्थालाई अब सुधार गर्नुपर्ने बताए। जनताले चुनावमा दिएको जनादेश र भूमिकालाई आत्मसात गर्दै आगामी दिनमा नेतृत्वमा आउने सरकारले जन अपेक्षानुरूप काम गर्नुपर्ने उनको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्