अछाममा नदीमा हाम फालेकी महिला मृत भेटिइन्

धनगढी — अछामको साँफेबगर नगरपालिका–२ स्थित बुढीगंगा नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चौरपाटी गाउँपालिका–५ की ३२ वर्षीया खिना खड्का आइतबार बिहान करिब ७ बजे बुढीगंगा नदीमा हाम फालेकी थिइन्।

खेतमा काम गरिरहेका स्थानीयले महिलाले नदीमा हाम फालेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।

खोजीका क्रममा उनी हाम फालेको स्थानबाट करिब एक किलोमिटर तल नदीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार