कैलालीमा भरुवा बन्दुकसहित युवक पक्राउ

धनगढीः कैलालीको गोदावरी नगरपालिकाबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–८ देउराली टोल निवासी २१ वर्षीय पदम दलामी मगरलाई भरुवा बन्दुकसँग सम्बन्धित आरोपमा नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले गोदावरी–८ स्थित शिवशक्ति सामुदायिक वनभित्र सालको रुखको टोड्कामा लुकाइराखिएको अवस्थामा एक नाले भरुवा बन्दुक फेला पारेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त बन्दुक पदम दलामी मगरले लुकाएर राखेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको बन्दुकसहित मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार