धनगढी कारागारबाट फरार भएका एक कैदी पक्राउ

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी कारागारबाट जेन्जी आन्दोलनका बेला फरार भएका एक कैदीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको टोलीले बर्दगोरिया गाउँपालिका–२ निवासी ३१ वर्षीय राधेश्याम चौधरीलाई बुधबार नियन्त्रणमा लिएको हो। उनलाई लम्कीचुहा नगरपालिका–१० स्थित पिपरहवाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउपछि चौधरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः धनगढी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार