नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्ण खाणसहित १६ जनाको सुनाइँदै सजाय

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनाको सजाय आज जिल्ला अदालत काठमाडौंले निर्धारण गर्ने भएको छ ।

गत असार २३ गते अदालतले ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर, सात जनालाई सफाइ तथा आठ जनाको मुद्दा फरार रहेकाले मुल्तवीमा राख्ने फैसला गरेको थियो ।

दोषी ठहर भएकामध्ये खाण र रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, डा.इन्द्रजित राई, टेकनाथ रिजाल तथा बिचौलिया समूहका अन्य सदस्यहरू छन् ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले आज सजाय निर्धारण गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार