काठमाडौं– रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच शनिबार र आइतबार लामो छलफल भएको छ ।
शनिबार बालुवाटारमा र आइतबार बुढानीलकण्ठमा भएको भेटमा सरकारको कार्यसम्पादन, सुकुमवासी व्यवस्थापन, पार्टी सञ्चालन, कूटनीतिक सम्बन्ध र जनअसन्तुष्टिलगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
छलफलमा कमजोर कार्यसम्पादन गरेका मन्त्रीहरूको समीक्षा र सम्भावित मन्त्रिपरिषद् हेरफेरबारे पनि कुरा भए पनि तत्काल फेरबदल नहुने प्रधानमन्त्री सचिवालयको भनाइ छ ।
पछिल्लो समय सरकारको कार्यशैलीलाई लिएर पार्टीभित्र बढ्दो असन्तुष्टिबीच दुई शीर्ष नेताबीच निरन्तर संवाद भइरहेको र पार्टी–सरकारबीच कुनै दूरी नरहेको रास्वपाले स्पष्ट पारेको छ ।




प्रतिक्रिया दिनुहोस्