गणेश नेपालीको मृत्युपछि सुर्खेतमा प्रदर्शन

सुर्खेत । काठमाडौंको त्रिपुरेश्वरमा पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भयो । उनको मृत्युपछि सुर्खेतमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौं महानगर प्रहरीसँग भएको विवादपछि नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि घटनाको विरोधमा युवाहरू सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । युवालाई रोजगारी र सम्मानजनक जीवनको अवसर उपलब्ध गराउनुको सट्टा आत्मदाह गर्न बाध्य बनाउने अवस्था सिर्जना भएको भन्दै उनीहरूले सरकारको आलोचना गरेका छन् ।

युवाहरूले मृतक गणेश नेपालीका परिवारलाई उचित राहत, क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता गर्न पनि माग गरेका छन् । यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन राज्यले युवाका समस्या समाधानतर्फ प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार