गणेश नेपाली मृत्यु प्रकरणः परिवारलाई ३ दिनको तलब सहयोग गर्ने काँग्रेस सांसदको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विष्णु बहादुर खड्काले गणेश नेपालीको परिवारलाई ३ दिनको तलब सहयोग दिने घोषणा गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खड्काले गणेशको परिवारलाई सहयोगस्वरुप ३ दिनको तलब दिने घोषणा गरेका हुन् ।

मुगुका २५ वर्षीय नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । 

सांसद विष्णु बहादुर खड्काले गणेश नेपालीको परिवारलाई ३ दिनको तलब सहयोग दिने घोषणा गरेका छन् ।

उनको शनिबार बिहान उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । उनी भक्तपुरमा डेरा गरी राइड सेयरिङ एपमार्फत राइडर काम गर्दै आएका थिए । 

राहदानी विभाग अगाडि रोकिरहेको अवस्थामा महानगर प्रहरीले बाइकमा ह्विल लक लगाएपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । गणेश नेपाली मृत्यु प्रकरणमा छानविनका लागि गृहमन्त्री सुदन गुरुङले महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलसहितका पदाधिकारीलाई बोलाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार