सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोराले कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाअन्तर्गत शारदा नदीको पानी छाड्न पहल गर्न माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले आयोजनाको काम ३० किलोमिटर सकिएको बताए ।
‘शारदा नदीको पानी दुईटै देशले प्रयोग गर्ने भनिएको छ । तर, भारतसँग कूटनीति पहल नहुँदा यहाँ पानी छोडिएको छैन । ४८ किलोमिटरको यो आयोजनामा करिब ३० किलोमिटर सम्पन्न भएको जानकारी गराउँदछु,’ उनले भने ।
यो पानी छाड्नका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक पहलका लागि ध्यानाकर्षण गराए । नहरको अन्त्य हुने कृष्णपुर–९ मा नहर चाहिन्छ–चाहिँदैन भन्नेमा सीमांकन गर्दा स्थानीयलाई नसोधिएको बताए । पालिकाले आवासीय क्षेत्र भनेको र स्थानीयले नहर चाहिँदैन भनिरहेको उनले बताए ।




प्रतिक्रिया दिनुहोस्