काठमाडौं– जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण तय भएसँगै ‘गोल्डेन बुट’को प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित सर्वाधिक गोलकर्ता बनेका छन् ।
फ्रान्सका किनियल एम्बाप्पे र नर्वेका इर्लिङ हालान्ड ७–७ गोलसहित मेसीलाई पछ्याइरहेका छन् ।
मेसीले विश्वकपका सबै पाँच खेलमा गोल गरेका छन् भने हालान्डले पनि खेलेका पाँचै खेलमा गोल गर्न सफल भएका छन् ।
एम्बाप्पेले भने समूह चरणमा नर्वेविरुद्धको खेलमा गोल गर्न नसके पनि अन्य चार खेलमा गोल गरेका छन् ।
यस्तै, इंग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित गोल्डेन बुटको दौडमा चौथो स्थानमा छन् ।




प्रतिक्रिया दिनुहोस्