असारमा ह्वात्तै बढ्यो सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति 

धनगढी — आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा बजेट खर्चको गति उल्लेखनीय रूपमा बढेको छ। लामो समयसम्म सुस्त देखिएको खर्च प्रगति असारे विकासको प्रवृत्तिका कारण एक्कासि उकालो लागेको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म प्रदेशले कुल बजेटको ३५.२० प्रतिशत मात्रै खर्च गरेको थियो। तर असार १९ गतेसम्म आइपुग्दा खर्च बढेर ४४.८१ प्रतिशत पुगेको छ। यस अवधिमा मात्रै तीन अर्ब २० करोड ७२ लाख रुपैयाँ बजेट निकासा गरिएको कार्यालयले जनाएको छ।

जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ पाँच अर्ब ५५ करोड ५० लाख रुपैयाँ (२८ प्रतिशत) र चालुतर्फ छ अर्ब २२ करोड ११ लाख रुपैयाँ (४५.७२ प्रतिशत) खर्च गर्दै कुल ११ अर्ब ७७ करोड ६१ लाख रुपैयाँ खर्च गरेको थियो। असार १९ सम्म भने कुल खर्च १४ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीका अनुसार असारको दोस्रो भागमा बजेट निकासाको चाप झन् बढ्ने गर्छ। विशेषगरी असार २० गतेदेखि २५ गतेसम्म कार्यालय खुला रहने दिनहरूमा सबैभन्दा धेरै बजेट निकासा हुने उनको भनाइ छ।

कार्यालयका तथ्याङ्कअनुसार असार १९ गतेसम्म पुँजीगत बजेट सात अर्ब ४६ करोड ८९ लाख रुपैयाँ अर्थात् ३७.६७ प्रतिशत खर्च भएको छ। चालुतर्फ भने सात अर्ब ५१ करोड ४३ लाख रुपैयाँ अर्थात् ५५.२६ प्रतिशत खर्च भइसकेको छ।

अब आर्थिक वर्षको अन्तिम दिन नजिकिँदै जाँदा चालु खर्चसँगै पुँजीगत खर्च पनि थप तीव्र हुने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार