कञ्चनपुरमा मिठाई पसल अनुगमन, दुई पसल सिल

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा खाद्य परिकारमा अखाद्य वस्तुको प्रयोग बढ्दै गएको गुनासोपछि सरोकारवाला निकायहरूले संयुक्त रूपमा होटल, मिठाई पसल, फास्टफुड तथा उद्योगहरूमा अनुगमन गरेका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै नियमित अनुगमनलाई थप कडाइ गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानका अनुसार १५ वटा पसल तथा उद्योगमा गरिएको अनुगमनका क्रममा महेन्द्रनगरको गल्ली नम्बर–१ स्थित शिवानी स्वीट हाउसमा खाद्य स्वच्छतामा गम्भीर लापरबाही भेटिएको छ। मिठाईमा किरा फेला परेपछि उक्त पसल सिल गरिएको छ।

त्यसैगरी, महेन्द्रनगरकै भट्ट नास्ता पसलमा खानामा अत्यधिक रङ प्रयोग गरिएको पाइएपछि करिब ६० केजी खाद्य सामग्री नष्ट गरिएको कार्यालयले जनाएको छ।

अनुगमन टोलीले गुड्डु स्वीट हाउसमा सरसफाइको अवस्था कमजोर रहेको र फोहोर भेटिएपछि एक महिनाभित्र सुधार गर्न निर्देशन दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने व्यवसायीमाथि आगामी दिनमा थप कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार