सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छः गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

आर्थिक अपराधविरुद्ध सरकारले कानूनी ढंगले अघि बढाएको कारबाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भए पनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएको भन्दै उनले आपत्ति जनाए ।

सुशासन र आर्थिक अपराधमा संलग्नलाई कारबाही गर्दा कांग्रेसले व्यक्ति, नेता वा नातागोता नहेरी सरकारलाई समर्थन गर्ने कुरा उनले स्पष्ट पारे । तर सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उनको आरोप छ । निर्माण व्यवसायी, बैंकर लगायत निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उनले यस्तो प्रवृत्तिले मुलुकको लगानी र उद्यमशीलतामा नकारात्मक असर पारेको टिप्पणी गरे ।

‘सरकारले जसरी आर्थिक अपराधमा कारबाही सुरु गरेको छ, यसमा हाम्रो समर्थन छ । कानूनले चिनेको जुनसुकै कार्यमा हाम्रो साथ र समर्थन रहन्छ । यसमा हामी नेता, नाता हेर्दैनौँ । तर यसले जसरी व्यवहार बनाएको छ नि, निजी क्षेत्रमा काम गरेको मान्छे भनेपछि के भाष्य बनाएको छ भने यो ठग हो, यसलाई मैले थुन्ने हो, यसलाई मैले बाँध्ने हो; चाहे त्यो निर्माण व्यवसायी होस् कि बैंकर होस् । अहिले व्यापक भयको वातावरण बनाएको छ । सबै जना त्रसेका छन्, सबैको सातो गएको छ,’ उनले भने ।

मुलुकमा भयको वातावरण सिर्जना भएकै कारण नयाँ व्यवसायहरू सुरु गर्न कोही पनि तयार नरहेको उनले बताए ।

‘मलाई के लागिरहेको छ भन्दा कोही पनि नयाँ व्यवसाय सुरु गर्नेवाला छैन । अहिले हामीले केही नयाँ होटलहरू खुलिरहेको देखिरहेका छौँ, यी लामो समयदेखि प्रक्रियामा रहेका कुराहरू हुन् । म त यो होस् भन्ने चाहन्छु । अहिले २० हजार छुट पाएको मान्छेले ३० हजारभन्दा बढी खर्च गर्नुपरेको छ,’ उनले भने, ‘ अहिले न्यून, मध्यम, पूँजी परिचालन गर्न सक्ने क्षमता भएको मान्छे कसैमा पनि कन्फिडेन्सको वातावरण बन्न सकिरहेको छैन । यसमा सरकारको कुनै चिन्ता पनि छैन । यदि सरकारमा यही प्रवृत्ति स्थायी भएर जाने हो भने अर्को पाँच वर्षमा हामीले धेरै थोक गुमाउनुपर्ने अवस्था आउन सक्छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार