बझाङ। लगातारको वर्षाका कारण बझाङको जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध भएको छ।
छविसपाथीभेरा–जालेबगर खण्डमा आएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा सम्बन्धित सडकको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।




प्रतिक्रिया दिनुहोस्