पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले साइबर कानुन वा अन्य कुनै पनि कानुनी व्यवस्थाको प्रयोग गरेर पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने वा दबाबमा राख्ने उद्देश्य नरहेको बताएका छन्।

नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताको संरक्षणप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले सञ्चारमाध्यमलाई जिम्मेवार र व्यवस्थित ढंगले सञ्चालन गर्न आग्रह गर्दै सञ्चार क्षेत्र आफैंले आत्मनियमनलाई प्रभावकारी बनाए सरकारलाई साइबरसम्बन्धी विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था नआउने बताए।

मन्त्री तिमिल्सिनाले सञ्चार मन्त्रालयमा विभिन्न सञ्चारमाध्यममाथि कारबाही गर्नुपर्ने मागसहित दैनिक रूपमा गुनासा आउने गरेको उल्लेख गर्दै सरकार सबै पक्षप्रति जवाफदेही हुनुपर्ने अवस्था रहेको बताए। यद्यपि पत्रकारिताको स्वतन्त्रतामाथि अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै नीति वा उद्देश्य नरहेको उनको भनाइ थियो।

उनले पत्रकारिताको क्षेत्रमा गलत ढंगले हस्तक्षेप गर्दा त्यसको असर गम्भीर हुन सक्ने विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए।

मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई स्वच्छ, सशक्त, विश्वसनीय र जिम्मेवार बनाउन सरकार सहकार्यका लागि तयार रहेको बताउँदै सञ्चार क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई कानुनी दायराभित्र रहेर जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरे। साथै, गैरकानुनी माग वा दबाब स्वीकार्य नहुने स्पष्ट गर्दै सञ्चार क्षेत्रको हित, संरक्षण र उन्नयनका लागि मन्त्रालय सधैं सकारात्मक रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार