कैलाली। धनगढी उपमहानगरपालिका–६ जाली सिद्धि गणेश टोलमा बस्दै आएका १३ वर्षीय बालक रिदम कुँवर सम्पर्कविहीन भएका छन्।
शनिबार बिहान करिब ६ बजे फारबेष्ट स्कुलमा ट्युशन पढ्न जान्छु भन्दै घरबाट निस्किएका उनी त्यसपछि फर्किएका छैनन्। कक्षा ८ मा अध्ययनरत रिदम जगत कुँवर र पुतली कुँवरका जेठा छोरा हुन्।
परिवारका अनुसार विभिन्न स्थानमा खोजी गर्दा पनि बालकको कुनै पत्ता लागेको छैन। उनका बुबा जगत कुँवरले गहुँगोरो वर्णका रिदमलाई देख्ने वा भेट्ने जो–कोहीलाई नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९७६२०१३४०९ मा सम्पर्क गरिदिन आग्रह गरेका छन्।
बालक सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ भने खोजी कार्य जारी रहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्