केपी ओलीलाई गोकुलको प्रश्न– पहिला फुटाएर गल्ती भो भन, आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?

वामपन्थी एकताको रटान लगाएको भन्दै एमाले नेता गोकुल बाँस्कोटाले पार्टी नेतृत्वको तिखो आलोचना गरेका छन् । 

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त रोग चलाइएको टिप्पणीसमेत गरेका छन् । उनले वामएकताको रटानलाई नेतृत्ववाट चलाइएको आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा दिएका छन् । 

सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन्न पनि उनको आग्रह छ । उनले सोधेका छन्, ‘आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’

आइतबार मदन जयन्तीका अवसरमा आयोजित समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका कम्युनिस्ट शीर्ष नेताहरूले वामएकता हुनुपर्ने धारणा राखेका थिए । यसमा एमाले महासचिव शंकर पोखरेलले समेत हिजै आपत्ति जनाएका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार