झलनाथले भने– हामीभित्रै सिङ र जुरो पलाए, अब एक बनौं

१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको बताएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले समयले कम्युनिस्टहरूलाई हिर्काएको र अहिले बाध्यात्मक परिस्थिति खडा भएको स्वीकार गरे ।

साथै, उनले आजको उपस्थितिले कतिलाई आश्चर्य लागेको हुनसक्ने बताउँदै वामपन्थी एकता अपरिहार्य रहेको जिकिर गरे । ‘कतिपयलाई आश्चर्य लागेको हुनसक्छ । अनौठो लागेको हुनसक्छ । वामपन्थी एकता आजमात्रै होइन, अनेकन कालखण्डबाट आवश्यक थियो,’ उनले भनेका छन् ।

तर, बीचको कालखण्डमा आफूहरूमा कहिले सिङ पलाएको र कहिले जुरो पलाएको बताए ।

‘तर बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । त्यसकारण हामी एक हुन सकेनौं । अब समयले हामीलाई हिर्काउन थालेको छ । बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ । यसले गर्दा हामी वामपन्थी फेरि एकताबद्ध हुन खोज्दैछौं,’ उनले भने ।

आजका दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रुपमा अघि बढाउन उनले आग्रह गरे ।

‘अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रुपमा अगाडि बनाउन थालौं । तबमात्रै आज हाम्रो देशमाथि जुन साम्राज्यवादीले बबन्डर मच्चाइरहेका छन्, यसका विरुद्ध लडाईं तबमात्रै गतिशील भएर अघि बढ्न सक्छ,’ खनालले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार