सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन आवश्यक छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको मौलिक भाषा, कला, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

धनगढीमा बिहीबार आयोजित सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विशिष्ट सांस्कृतिक पहिचान जोगाउन राज्यसँगै सबै नागरिकको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे।

मुख्यमन्त्री शाहका अनुसार डेउडा, फाग, चैत, धमारी र भुवा जस्ता मौलिक लोकसांस्कृतिक विधा प्रदेशको अमूल्य सम्पत्ति हुन्। यस्ता सांस्कृतिक धरोहरको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

उनले भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको अध्ययन, अनुसन्धान र अभिलेखीकरणमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यस्ता गतिविधिलाई अझ सशक्त बनाइने प्रतिबद्धता जनाए।

मुख्यमन्त्री शाहले नयाँ पुस्तालाई सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यसँग जोड्न प्रतिष्ठानले अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार