सुरक्षा खतरा भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागे पिएसओ 

धनगढी — नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूलाई सुरक्षा खतरा रहेको भन्दै व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) उपलब्ध गराउन माग गरेका छन्।

रावलले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गर्दै सुरक्षाको आवश्यकता औंल्याएका हुन्। प्रशासन स्रोतका अनुसार उनले असार १ गते पेश गरेको निवेदनमा व्यक्तिगत सुरक्षामा चुनौती रहेको उल्लेख गरेका छन्।

निवेदन प्राप्त भएपछि प्रशासनले रावलले उठाएका सुरक्षा चिन्ताको वस्तुगत मूल्यांकन प्रक्रिया अघि बढाएको छ। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा विश्लेषण समिति गठन गरी आवश्यक अध्ययन भइरहेको जानकारी दिए।

समितिले रावलमाथि वास्तविक सुरक्षा जोखिम रहेको वा नरहेको विषयमा प्रतिवेदन तयार गरेपछि मात्रै सुरक्षाकर्मी उपलब्ध गराउने वा नदिनेबारे निर्णय हुने प्रशासनको भनाइ छ।

पूर्वमुख्यमन्त्रीका रूपमा रावलले यसअघि राज्यको मापदण्डअनुसार दुई जना सुरक्षाकर्मी पाएका थिए। निर्धारित अवधि सकिएपछि ती सुरक्षाकर्मी फिर्ता बोलाइएका थिए। त्यसपछि उनले पुनः सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।

स्रोतका अनुसार प्रदेश सरकारमार्फत पनि पीएसओको माग गर्न सकिने व्यवस्था रहे पनि रावलले सिधै जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षा मागेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार