रास्वपा महाधिवेशन : विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्ने व्यवस्था

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरुले उतैबाट मतदान गर्न पाउने भएका छन् ।

विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

विदेशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरु मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।

महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन् । त्यसका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार